दफा २४
सेवा प्रदायकसँग शुल्क लिन सक्ने
(१) बोर्डले आफ्नो भौगोलिक क्षेत्रभित्र सेवा सञ्चालन गर्ने सेवा प्रदायकसँग तोकिएबमोजिम शुल्क लिन सक्नेछ ।
(२) बोर्डले कुनै सेवा प्रदायकलाई आफ्नो सेवा प्रणाली सञ्चालन गर्न अनुमतिपत्र दिएकोमा अनुमतिपत्रमा उल्लेख भएबमोजिमको रकम त्यस्तो सेवा प्रदायकबाट असूलउपर गर्नेछ ।